बोक्सीको आरोपमा बृद्ध दम्पति कुटिए

शुक्रबार, बैशाख १३, २०७६

मोरङ । बोक्सीको आरोपमा मोरङमा एक बृद्ध दम्पति माथि कुटपिट भएको छ । सुन्दरहरैंचा नगरपालिका–११ मा बसोबास गर्दै आएका ६० वर्षीय दम्पती माथि कुटपीट भएको हो ।

बोक्सी, टुना लगाएको आरोपमा एकै परिवारमा चार जना सदस्य मिलेर बृद्ध दम्पतीलाई कुटेको प्रहरीले जनाएको छ । कुटपीट गर्नेमा ६३ वर्षीय टुनका खवास, ३५ वर्षीय श्यामलाल खवास, ३१ वर्षीय रामकुमार खवास र ३० वर्षीय शशिकला खवास रहेका छन् । कुटपीटबाट बृद्धाको अनुहार, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाइते बृद्ध दम्पतिको नोबेल अस्पताल बेलबारीमा उपचार सम्भव नभएपछि कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिट गर्नेहरुलाई पक्राउ गरी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank