समाचार लेखेको भन्दै मुख्यमन्त्री राईका सहयोगीद्वारा पत्रकार कुटिए

शनिबार, कार्तिक २४, २०७५



काठमाडौं । समाचार लेखेको विषयलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका सहयोगीद्वारा अमेरिकाको न्यूयोर्कमा पत्रकार कुटिएका छन् । मुख्यमन्त्री राईका मुख्य सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले शुक्रबार न्यूयोर्कमा पत्रकार लोकमणि राईलाई कुटेका हुन्।

तिहारको कार्यक्रम चल्दै गर्दा तिमीसँग काम छ एक छिन यता आउन भनि कार्यकक्ष बाहीर बोलाएर कुटपिट गरेको जनाएको छ । गाली गलौज गर्दै मुख्यमन्त्रीको विषयमा जेपायो त्यही लेख्ने पत्रकार तैहोस भन्दै पत्रकार राईको अनुहारमा मुक्का हानेका थिए। घाइते पत्रकार राईलाई लगत्तै एम्बुलेन्स मार्फत स्थानीय एलमहर्स्ट हस्पिटलको इमरजेन्सीमा भर्ना गरिएको थियो।

६ घण्टापछि राईलाई डिस्चार्ज गरिएको छ। पत्रकार राईले मेडिकल रिपोर्ट सहित प्रहरीमा रिपोर्ट गरेका छन् ।

124 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank