वडा अध्यक्ष माथि निर्घात कुटपिट

आइतवार, चैत्र १६, २०७६



काठमाडौँ । जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं ११ का वडा अध्यक्ष चक्र बहादुर सिंहमाथि निर्घात कुटपिट भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी जारकोट सचिवालय  सदस्य समेत रहेका सिंहलाई अपराधीकी समूहले वडा नं ११ को फुम्ना भन्ने ठाउँमा शनिवार साँझ ७ बजे मरणासन्न हुने गरी कुटपिट गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य निरज आचार्यले जनाएका छन् ।

तपाईँलाई भेट्नु छ भनी फोन गरी बोलाएर एकान्तमा लगी कुटपिट गरी सिंहलाई भीरबाट खसालिएको जनाइएको छ । सिंहको हात खुट्टा भाँचिएको पारिवारीक स्रोतलाई उदृत गर्दै नेता आचार्यले बताएका छन ।वडा अध्यक्ष सिंह अहिले अचेत अवस्थामा भएको र उपचारका लागी काठमाडौँ वा नेपालगन्ज लैजाने तयारी भइरहेको नेता आचार्यले नेपालपाटी डटकमलाई जानकारी दिए ।

नेता आचार्यले उक्त अपराधी घटना प्रति घोर निन्दा र भर्त्सना गर्दै अपराधीहरूलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रशासन सँग माग गरेका छन् । साथै उनको उपचारको प्रबन्ध मिलाउन स्थानीय सरकार र स्थानीय पार्टी कमिटीसँग अनुरोध समेत गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments