उपभोक्ता समिति गठनको क्रममा युवा सङ्घका कार्यकर्ता कुटिए

शुक्रबार, पुस १८, २०७६



नुवाकोट । सडक गठनको क्रममा नुवाकोटमा झडप भएको छ । झडपमा परि राष्ट्रिय युवा सङ्घ नेपाल नुवाकोटका सदस्य रामनारायण श्रेष्ठ, डोल बहादुर घले र सनम श्रेष्ठ घाइते भएका छन् ।

लिखु गाउँपालिका स्थित थान्सिङ  हुँदै ककनी जाने मोटर बाटो निर्माणका लागि उपभोक्ता समिति गठन गर्ने क्रममा बिहीबार विनोद पाठकको नेतृत्वमा आएका निर्भीक पाठक, शङ्कर ठकुरी र सञ्जीव पाठकको टोलीले उनीहरू माथि साङ्घातिक हमला गरेको युवासंघले आरोप लगाएको छ ।

उनीहरूले बा १५ च ४५६८ नम्बरको स्कार्पीयो समेत तोडफोड गरेको जनाइएको छ । युवासंघ नेपालले एक नुवाकोटले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाका दोषी माथि कारबाहीको माग गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित क्षतिपूर्तिको माग गरिएको छ ।

 विज्ञप्ति हेर्नुहाेस

youth

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments