बोक्सीको आरोपमा महिला माथि कुटपीट

आइतवार, मंसिर १५, २०७६



बैतडी । बोक्सीको आरोपमा बैतडीमा एक महिला माथि कुटपीट भएको छ ।  जिल्लाको पुर्चौंडी नगरपालिका ९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपिट भएको हो ।बोक्सीको आरोप लगाउँदै उत्तरलाई उनका देवर डम्मर ढुंगाल र देवरानी पवित्रा ढुंगालले कुटपिट गरेका हुन ।

बोक्सीको आरोपमा कुटपिट गरिएकी उत्तरालाई उपचारका लागि शनिबार राती नै जिल्ला अस्पताल बैतडी पुर्‍याइएको उत्तराका भाई शेरबहादुर महराले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata