पाँच जनालाई धारिलो हतियार प्रहार गर्ने लामा पक्राउ

आइतवार, कार्तिक ३, २०७६



काठमाडौं । पाँच जनालाई धारिलो हतियार प्रहार गरेको अभियोगमा फरार प्रतिवादी पक्राउ परेका छन ।  पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, रोशी गउपालिका वडा नम्बर ३ शिखरआम्बोटेका कुमारसिंह लामा रहेका छन ।

२०७४ साल असार ९ गते विहान समयमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं २८ कमलादी स्थित काठमाण्डौ प्लाजाको पार्किङमा चेङ्गा तामाङ्गलाई सुदिप भन्ने पोते लामा समेत ५ जना ब्यक्तिहरुले ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरी घाईते बनाई फरार रहेका प्रतिबादीहरु मध्ये कुमार सिंह लामालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिको वडा नं २८ कमलादीबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि जिल्ला अदालत काठमाडौं पुर्याएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata