घरेलु कामदारको हत्या गर्ने दम्पतीलाई फाँसी

सोमवार, चैत्र १९, २०७४



चैत । कुवेतको एक अदालतले घरेलु कामदारको हत्या गरेको अभियोगमा लेबनानी दम्पत्तिलाई फाँसीको सजाय सुनाएको छ ।

फिलिपिनो महिला कामदारको हत्या गरेको अभियोगमा लेबनानी दम्पत्तिलाई फाँसीको सजाय सुनाएको बिबिसीले जनाएको छ । ती दम्पती फिलिपिनो महिला कामदारको हत्यापछि शवलाई फ्रिजमा हालेर भागेका थिए । फिलिपिनो महिलाको हत्या भएको झन्डै एक वर्षपछि गएको फेबु्रअरीमा घटना सार्वजनिक भएको थियो ।

कुवेत सरकारले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी खोजी व्यापक बनाए पछि ती दम्पत्तिलाई सिरियाको दमासकसबाट पक्राउ गरिएको थियो । श्रीमानलाई लेबनान सरकारलाई हस्तान्तरण गरिएको छ भने श्रीमती सिरियामा जेलमा छिन् ।

हत्याको घटनापछि कुवेत र फिलिपिन्सबिच कुटनीतिक तनाव उत्पन्न भएको छ । कुवेतले घरेलु कामदारको सुरक्षाको प्रत्याभुत गर्ने सम्झौतामा हस्ताक्षर गर्न तयार भएको बताउदै आएको छ । यो घटना पछि महिलालाई घरेलु काममा कुवेत नपठाउन फिलिपिन्स सरकारमाथि दबाब बढेको बिबिसीले जनाएको छ ।

171 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank