कश्मिर शवयात्रामा भारतीय सुरक्षा फौजले खोल्यो फायर

सोमवार, पुस ३०, २०७५



कश्मिर । भारत शासित कश्मिरमा भारतीय सुरक्षा फौजको कार्वाहीमा गत शनिबार मारिएका दुई विद्रोही अन्तिम शवयात्राको दौरान सुरक्षा फौजले फायर खोलेको छ ।  गत शनिबार मारिएका कश्मिरका विद्रोही जिनत उल इस्लामको शवयात्राको दौरान उपस्थित भीड माथि भारतीय सुरक्षा फौजले गोली चलाउँदा एघार जना घाइतेका भएका छन् ।

घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको अनाडोलु एजेन्सीले जनाएको छ । हजारौं मानिस शव यात्राकोसमय उपस्थित भएको स्थानमा सुरक्षा फौजले फायर खोलेको स्थानियले जनाएका छन् ।

भारत, पाकिस्तान लामो समय देखी कश्मिर आआफ्नो भएको दावी गर्दै आइरहेका छन् । सन १९४७ पछि पाकिस्तानको जन्म गराइएसँगै भारत र पाकिस्तानबीच कश्मिरलाई लिएर विवाद हुँदै आइरहेको छ ।

सन् १९८९ देखी भारतले शासन गरसँगै कश्मिरमा भएको अनेंकौ झडपमा हाल सम्म करिब ७० हजार मानिसले जीवन गुमाइसकेका छन् । भारत पाकिस्तानको हिस्सा नबन्ने र कश्मिर स्वतन्त्र बनाउने आन्दोलन शुरु भए सँगै कश्मिर सधैं अशान्त रहँदै आएको छ ।

296 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank