कहाँ बाट प्रणयको, यस्तो धून आयो

शनिबार, माघ २९, २०७३

loading...

- कृष्ण थापा (कृष्णपक्ष)



कहाँ बाट प्रणयको, यस्तो धून आयो
मुस्कुरायौ झुक्किएँ म, आहा जून आयो ।

कसले गर्यो बेइमानी भुल मिठो मिठो,
मैले हो कि, तिम्रो अधर, आफै छुन आयो ?

माया राख्नु छातीभरि, प्रेम पूजा गर्नु
ल मलाइ भ्यालेन्टाइन, जस्तै हुन आयो ।

युगौंयुग अँगालोमा, बाधी राखुँ भन्दा
समयको घन्टी हान्दै, फेरी कुन आयो  ?

कृष्णपक्ष तिर चन्द्र, ढल्किएको जस्तो
बिरानो त्यो रात सम्झी, त्यसै रुन आयो ।

515 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv