‘वान बेल्ट वान रोड’ अवधारणा नेपालको आर्थिक विकासका लागि ठुलो अवसरः अर्थमन्त्री महरा

शुक्रबार, बैशाख १५, २०७४

loading...


काठमाडौं, वैशाख १५ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ को अवधारणा नेपालको आर्थिक विकासमा लागि ठूलो अवसर भएको बताए ।

उनले यस परियोजनालाई सरकारले उच्च प्राथमिकता दिएको समेत बताएका छन् । शुक्रबार चीन अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘वान बेल्ट वान रोड र दक्षिण एशीया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै मुलुकलाई जोडने गरी चीनले अघि सारेको अवधारणाबाट नेपाललाई ठूलो लाभ हुने पनि स्पष्ट पारे ।

यसैबीच चीनको बेइजिङमा हुने वान बेल्ट, वान रोड परियोजना (ओबिओआर) सम्मेलनमा नेपालले सहभागिता जनाउने निश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनमा भाग लिन उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई नेपालका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन जान निर्देशन दिएका छन् ।

सम्मेलनमा भाग लिन चीनका राष्ट्रपतिले प्रधानमन्त्रीलाई निम्तो दिए पनि निर्वाचनका कारण उनी सहभागी हुन नसक्ने भएकाले महरा त्यसतर्फ जान लागेका हुन् ।

526 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv