बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म : सभामुख महरा

शनिबार, बैशाख १५, २०७५



काठमाडौँ । सभामुख कृष्णबहादुर महराले बहुभाषा, बहुजाति, बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म भएको बताएका छन् ।

प्रथम मारवाडी महोत्सवको शनिबार शुभारम्भ गर्दै सभामुख महराले विविधतामा नै एकता नेपालको सुन्दरता भएको जनाएका छन् ।
सभामुख महराले औद्योगिक व्यवसायलाई प्रवद्धन गर्न मारवाडी समुदायको पनि भूमिका रहेको चर्चा गर्दै मानवीय सेवाका क्षेत्रमा मारवाडी समुदायको निरन्तर सहयोगले विपन्न वर्गको उत्थान भइरहेको विचार व्यक्त गरे ।

झापा मारवाडी समाजद्वारा आयोजित सो समारोहमा उनले मारवाडी गौरव सम्मानबाट प्रा डा जगदीश अग्रवाल, विनोद चौधरी, ओमप्रकाश सारवी, दिनबन्धु गोयल लगायतलाई सम्मानित गरेका थिए।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतको आर्थिक समृद्धिमा मारवाडी समुदायको उल्लेखनीय योगदान रहेको चर्चा गरे । सो महोत्सवमा मारवाडी समुदायका भेषभूषा, रहनसहन, खानपिन झल्किने प्रदर्शनी गरिएको छ ।

63 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank