के छ आचार्यको ‘अप्रिल फुल’ उपन्यासमा ?

सोमवार, भदौ ११, २०७५



काठमाडौं । लेखक एवं पत्रकार कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ भदौ अन्तिम साता बजारमा आउने भएको छ । प्रकाशन हुनुअघि नै चर्चामा रहेको उपन्यास किशोर–किशोरीको प्रेममा आधारित छ ।

साथै, उपन्यासले सामाजिक विषयबस्तु र चरित्रसमेच उठान गरेको छ । ‘उपन्यासले वर्तमान युवा पुस्ताको मन–मस्तिष्क बोलेको छ’ लेखक आचार्य भन्छन्, ‘पढ्दा सबैले आफूले भोगेका र देख्दै आएका कुरालाई महसुस गर्नेछन् ।’

छोराछोरीको इच्छा, चाहना, आवश्यकता र मनोविज्ञान बुझ्न बाबु–आमाका लागि पनि उपन्यास पठनीय रहेको लेखकको दाबी छ ।

एक दशकदेखि पत्रकारिता गर्दै आएका आचार्यले विभिन्न संचार माध्यममा कथाहरू लेख्दै आएका छन् । उनी हाल नयाँ पत्रिका दैनिकमा उप–सम्पादकको रुपमा कार्यरत छन् । उपन्यास यूरिका पब्लिकेसनले बजारमा ल्याउँदै छ ।

1231 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank