कृषि विकास बैंकको करिब ५३ लाख रुपैयाँ लुटियो, १० जना पक्राउ

बुधबार, अशोज ८, २०७६



काठमाडौं । प्रहरीले कृषि विकास बैंकको रकम ह्याक गरेर लुट्ने १० जनालाई पक्राउ गरेको छ । उनीहरुले कृषि विकास बैंकको केन्द्रीय शाखाबाट करिब ५३ लाख रुपैयाँ ह्याक गरेर लुटेको प्रहरीले जनाएको छ ।

कृषि विकास बैंकको विभिन्न शाखा मार्फत ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीको उच्च स्रोतको दाबी छ ।

यसरी ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ। निर्मला तामाङलगायत रहेका छन् । यसैगरी सिरहाबाट पुष्पराज खड्का पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्रहरीले करिब ३१ लाख रूपैयाँ बरामद समेत गरेको छ । प्रहरी स्रोतका अनुसार ह्याकर समूहले उनीहरुलाई रकम निकाल्न प्रयोग मात्र हुनसक्ने बताइएको छ ।

‘उनीहरुलाई रकम निकाल्न प्रयोग मात्र गरेको देखिन्छ ह्याक कताबाट गरे, मूख्य ह्याकर को हुन् भन्ने बारेमा हामी अनुसन्धानमा छौं,’ प्रहरी स्रोतले बताएको छ।

त्यस्तै प्रहरीले बैंकको करिब १० करोड रुपैयाँ ह्याकरको नियन्त्रबाट जोगाएको समेत दाबी गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata