सरकारसँग सभामुखको आग्रह

सोमवार, असार ३०, २०७६



काठमाडौं । सभामुख कृष्ण बहादुर महराले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधन क्षतिको घटना प्रति दुख व्यक्त गरेका छन ।

सोमबार एक प्रेस विज्ञप्ती निकाल्दै सभामुख महराले प्राकृतिक प्रकोपका पीडितलाई सहयोग गर्न सरकारसँग आग्रह गरेका छन । प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारसँग विशेष अनुरोध गर्दछु विज्ञप्तीमा उल्लेख गरेका छन ।साथै विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुसँग अपील गरेका छन ।

उनले संघीय संसद प्रतिनिधि सभाका माननीय सदस्यहरुलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितहरुको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न समेत आग्रह गर्दै आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, सामाजिक संघ संस्था÷अभियन्ताहरु, राजनीतिक दल तथा सर्वसाधारण अनुरोध गरेका छन ।

प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवं राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दिर्घकालीनका योजना बनाई व्यवहारिक रुपमै लागू गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका छन ।

सभामुख महराद्वारा जारी विज्ञप्ती

Speaker Press statement about Flood victims

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata