विषादी परीक्षणको निर्णय स्थगित गर्नुको कारण माग्दै सभामुख महरा

आइतवार, असार २२, २०७६



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणबाट सरकार पछि हट्नुको कारण माग गरेका छन् । आइतबारको संसद बैठकको शुरुवातमै खाँडले विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँडा टेकेको र लम्पसारवादी नीति लिएको आरोप लगाएका थिए ।

यससँगै  विषादी परीक्षणको निर्णय स्थगित गर्नुको कारण जानकारी गराउन सभामुख कृष्णबहादुर महराले सम्बन्धित मन्त्रीलाई यसबारे जवाफ दिन रुलिङ गरेका छन् ।

त्यस्तै सभामुख महराले सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको विषयमा जवाफ दिन पनि गृहमन्त्रीलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले उक्त घटनाको विरोध गर्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएपछि सभामुख महराले त्यस विषयमा पनि जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata