प्रधानमन्त्री ओली कम्बोडिया र भियतनामको भ्रमणमा जाँदै

बिहिबार, बैशाख २६, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) कम्युनिष्ट शासन भएका दक्षिण पूर्वी एसियाली (आसियान)का दुईवटा मुलुक कम्बोडिया र भियतनामको औपचारिक भ्रमणमा निस्कदै छन् ।

कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेन र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा प्रधानमन्त्री ओली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वैशाख २६–३० सम्म प्रधानमन्त्री भियतनामको भ्रमणमा हुनेछन् भने वैशाख ३०–जेठ १ गतेसम्म उनी कम्बोडियाको भ्रमणमा हुने जनाइएको छ । प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य पनि भ्रमणमा हुनेछिन् ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, सङ्घीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत, स्थानीय तहका निर्वाचित पदाधिकारी, नेपाली दूतावास थाइल्याण्डका पदाधिकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधि एवं सञ्चारकर्मी रहने छन् ।

प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डल आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata