प्रधानमन्त्री कम्बाेडिया प्रस्थान

सोमवार, बैशाख ३०, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँच दिने भियतनाम भ्रमण सकी सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनी वैशाख २६ गते भियतनाम पुगेका थिए ।

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनाम नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  कूटनीतिक र आर्थिक हिसाबले पनि भियतनाम भ्रमण फलदायी भएको दाबी गरेका छन् । भ्रमणका क्रममा आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय विषयमा छलफल भएको र यसले व्यापार विस्तार हुने विश्वास प्रधानमन्त्रीकाे रहेको छ ।

 प्रधानमन्त्री आफ्ना  नेपाली प्रतिनिधिमण्डल सहित कम्बोडियाका लागि प्रस्थान गरेका हुन्  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata