प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण सम्पन्न, आज स्वदेश फर्कंदै

सोमवार, साउन २७, २०७६



काठमाडौं । स्वास्थ्य परिक्षणका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्ने भएका छन् ।  गत साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य परीक्षण सकाएर आज स्वदेश फर्कन लागेका हुन् ।

यसअघि आइतबार नै प्रधानमन्त्री फर्कने तय भए पनि रिपोर्ट आउन ढिला भएको बताउँदै सिंगापुरको बसाइ १ दिन लम्बिएको बताएइको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली थाई एयरलाइन्सको विमानबाट आज(सोमबार) अपराह्न १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने  छन्  ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार, प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सन्तोषजनक देखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata