प्रधानमन्त्री ओली बुटवल र पूर्वी नवलपरासी जाँदै

शनिबार, बैशाख ७, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बुटवल र पूर्वी नवलपरासीको कावासोतीतर्फ प्रस्थान गर्दै छन् । उनी चौधरी ग्राम परिसरमा निर्मित शाश्वतधाम अवलोकन गरी काठमाडौं फर्किने छन् ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्नेछन् ।

सालिक अनावरणपछि आयोजित आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधनसमेत गर्नेछन् ।

यसैगरी दिउँसो १ बजे प्रधानमन्त्री ओलीले नवलपुरको कावासोतीमा आयोजना गरिएको बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

एक सय ७९ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा स्थानीय, प्रदेश र संघ अन्तर्गतका कार्यालयहरू स्थापना गर्ने योजना अनुसार प्रधानमन्त्री ओली शिलन्यासका लागि कावासोती आउने कार्यक्रम तय भएको प्रतिनिधि सभा सदस्य तिलक महतले जानकारी दिए ।

प्रधानमन्त्री ओली चौधरी उद्योग ग्रामभित्र रहेको शास्वतधाम अवलोकन गरेर काठमाडौं र्फकने उनको सचिवालयले जनाएको छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank