पाँच दिनअघि डिस्चार्ज भएका प्रधानमन्त्री पुन: अस्पताल भर्ना

बुधबार, मंसिर २५, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजो(मंगलबार) साँझ स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री ओलीले हिजो साँझ १३औँ दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई भिडियोमार्फत सफलताको शुभकामना सन्देश दिएका थिए । लगत्तै उनको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मनमोहन कार्डियोमा भर्ना गरिएको बालुवाटार स्रोतले जनायो ।

प्रधानमन्त्री ओलीको  मिर्गौलाको डायलासिस गरिने भएको छ । झण्डै एक महिनामा प्रधानमन्त्रीको आठौँ पटक डायलासिस गरिएकाे छ । १० दिनसम्म मनमोहन कार्डियोमा एपेन्डिसाइटिसको उपचार गरााए ओली पाँच दिनअघि अस्पतालबाट डिस्चार्ज भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments