राराबाट नागरिकलाई प्रधानमन्त्रीको सम्वोधन विशेष कार्यक्रम घोषणा गर्ने तयारी

शुक्रबार, चैत्र ३०, २०७४



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको राराबाट देशबासीका नाममा संवोधन गर्ने भएका छन् । सम्वोधनमा विपन्नका लागि विशेष कार्यक्रम घोषणा गर्ने तयारी छ । मुगुको रारामा भोलिदेखि सुरु हुने रारा पर्यटन वर्षको उद्घाटनका लागि आज उनी यसतर्फ जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्रीले राराबाट देशबासीका नाममा सम्वोधन गर्ने र विद्याष् भर्ना अभियानको उद्घाटन गर्ने पनि कार्यक्रम छ । उन एकजना विपन्न बालिकाको अविभावक पनि बन्नेछन् । प्रधानमन्त्री बागलुङ हुँदै कर्णाली पुग्नु हुनेछ । दिउँसो बागलुङको ढोरपाटन अवलोकन गरेपछि बेलुकी उनी डोल्पाको दुनै पुग्ने कार्यक्रम छ ।

कर्णाली प्रदेशले आयोजना गरेको रारा पर्यटन वर्षको प्रधानमन्त्री ओलीले भोलि उद्घाटन गरिनेछ । त्यसअघि बिहान उनले राराबाटै राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले कर्णालीमा एक बालिकालाई विद्यालय भर्ना गर्ने र अविभावकको जिम्मेवारी लिने पनि कार्यक्रम रहेको छ । भर्ना अभियान प्रभावकारी बनाउन यसवर्ष प्रधानमन्त्री सहित मन्त्री, सांसद र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई सरकारले यसअघि नै आह्वान गरेको थियो ।

18 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank