अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय

बुधबार, फाल्गुन २, २०७४



काठमाडौँ । नेकपा एमालेका स्थायी समिति बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार दिउँसो ललितपुरको मानभवनस्थित एक माओवादी नेताको घरमा बसेको स्थायी समितिको आकस्मिक बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । आकस्मिक बैठकले पार्टी अध्यक्षलाई प्रधानमन्त्रीकाे उम्मेदवार बनाउने निर्णय गरेको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डले जानकारी दिए ।

बैठकमा ओलीले माओवादी र एमालेबीचको एकताका विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलको जानकारी गराएका थिए। ओलीले पार्टी एकताका विषयमा भएका छलफलमाथि सुझावसमेत मागेका थिए ।

बैठकमा अध्यक्ष ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा भएको समझदारीबारे जानकारी गराएको पाण्डेले जानकारी दिए। ओली र प्रचण्डबीच फेरि एक्लाएक्लै वार्ता हुनेछ भने त्यसपछि एकता संयोजन समितिको बैठक बस्नेछ । पार्टी एकतापछि ‘संयुक्त नेतृत्व प्रणाली’ मा जाने करिब सहमति नजिक एमाले-माओवादी पुगेका छन् ।अध्यक्ष वा सहअध्यक्ष कुन प्रणाली अपनाउने भन्ने विषय बुधबार बस्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाइनेछ । एमालेको स्थायी कमिटी बैठक चलिरहँदा माओवादी केन्द्रको हेडक्वार्टर बैठक बसेको थियो।

227 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank