ओली र प्रचण्डबीच फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति

सोमवार, माघ २९, २०७४



काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको विषयमा विभिन्न कोणबाट बहस भइरहेको बेला दुवै अध्यक्ष बीच भेटवार्ता भएको छ । नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा सोमवार एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ललितपुरस्थित एक निजी निवासमा भेटवार्ता भएको हो ।

ललितपुरको मानभवनमा सोमबार दिउँसो भएको एक्ला–एक्लै छलफलमा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति गरेका हुन् । अध्यक्षद्वय मंगलबार फेरि एक्ला–एक्लै छलफलमा बस्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको विषयमा कुरा टुंग्याउने सहमति भएको छ । फागुन ६-७ गते पछि सरकार गठन प्रक्रिय अघि बढ्ने भएकोले दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकतामा जोड दिएका हुन् ।

पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई दलबीच एकतामा नीति र नेतृत्वमा सहमति जुटाउन दुवै नेता वार्तामा जुटेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । भेटवार्तापछि चाँडै पार्टी एकता संयोजन समितिको बैठकको तयारी भएको छ ।

727 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank