ओलीले प्रचण्डका आशंका मेटाएपछि यसरी भयो एकता सहमति

बुधबार, जेष्ठ २, २०७५



काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भएको छलफलमा एकताका बाँकी विषयमा सहमति भएसँगै एकीकृत पार्टी दर्ता गर्ने निष्कर्षमा दुवै दल पुगेका हुन् ।

ओली–प्रचण्ड सहमति सँगै दुवै दलले आकस्मिक रुपमा बैठक बोलाएका छन् । माओवादीले बुधबार दिउँसो ४ बजे र एमालेले पनि बुधबार दिउँसो ४ बजे स्थायी कमिटी बैठक र बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएको छ । बिहीबार बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।

ओली–प्रचण्ड सहमति अनुसार माओवादीबाट भन्दा एमालेबाट २०–२५ जना नेता केन्द्रीय कमिटीमा बढी हुनेछन् । एकतापछिका प्रचण्डका आशंका ओलीले मेटेपछि तत्काल पार्टी एकता गर्दै निर्वाचन आयोगमा दर्ता गर्ने सहमति बनेको हो ।  महाधिवेशनपछि अध्यक्ष को हुने लगायतका विषयमा प्रचण्डका आशंका थिए । निर्वाचन आयोगमा बिहीबार नै दल दर्ता गरेपनि जेठ ६ गते एकता घोषणा सभा गरिनेछ ।

दुई अध्यक्षको एकान्तवार्ता एक घण्टा चलेको थियो । त्यसपछि दोस्रो तहका एक–एक जनालाई छलफलमा राखिएको थियो । एमालेबाट उपमहासचिव विष्णु पौडेल र माओवादीबाट नेता जनार्दन शर्मा छलफलमा बसेका थिए ।

पार्टी एकता गर्ने निचोडका साथ गत असोज १७ गते चुनावी तालमेलको घोषणा गरिएको थियो । जुन घोषणालाई निर्वाचन मार्फत कार्यकर्ता र आम जनताले अनुमोदन गरिसकेका छन् । पार्टी एकता ढिलो हुँदा भने जनता र कार्यकर्तामा निराशा छाएको थियो ।

यो पनि पढ्नुहोस् 

एमाले–माओवादी एकता संयोजन समितिको बैठक बिहीबार बस्ने

एकताबारे निर्णय लिन एमालेले बोलायो केन्द्रीय कमिटीको आकस्मिक बैठक

माओवादीले बोलायो केन्द्रीय कार्यालयको विस्तारित बैठक

2769 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank