ओली–प्रचण्डको सहमति एकता संयोजन समितिबाट अनुमोदन

बिहिबार, जेष्ठ ३, २०७५



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको एकता सम्बन्धि सहमति पार्टी एकता संयोजन समितिले अनुमोदन गरेको छ । केन्द्रीय कमिटी ४४१ हुने (एमालेबाट २४१ र माओवादीबाट २ सय) स्थायी कमिटी ४३ सदस्यीय (एमालेबाट २५ र माओवादीबाट १८)  हुने सहमति ओली–प्रचण्डबीच भएको थियो ।

 यस्तै निर्वाचन चिह्न सूर्य र पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने निर्णय अनुमोदन भएको छ । एकता संयोजन समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।

एकता संयोजन समितिको बैठक लगत्तै एमाले र माओवादी केन्द्रको अन्तिम बैठक बसिरहेको छ । एमाले बैठक बालुवाटारमा र माओवादीको बैठक खुमलटारमा जारी छ ।

पहिलो बैठक गोकर्ण रिसोर्टमा
एकीकरणपछि बन्ने नयाँ पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी’को पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने भएको छ । निर्वाचन आयोगमा दल दर्ता गरेपछि पत्रकार सम्मेलन गरेर औपचारिक घोषण गरिनेछ । लगत्तै गोकर्ण रिसोर्टमा एकीकृत पार्टीको पहिलो बैठक बस्नेछ ।

एकतापछिको स्थायी कमिटी यस्तो रहनेछ

एमालेको तर्फबाट 
केपी शर्मा ओली, झापा
झलनाथ खनाल, इलाम
माधवकुमार नेपाल, रौतहट
बामदेब गौतम, बर्दिया
सुवासचन्द्र नेंवाङ, इलाम
भीम रावल, अछाम
युवराज ज्ञावाली, दाङ
अष्टलक्ष्मी शाक्य, काठमाडौ
इश्वर पोखरेल, काठमाडौ
बिष्णु पौडेल, रुपन्देही
घनश्याम भुसाल, रुपन्देही
प्रदिप ज्ञावाली, गुल्मी
भीम आचार्य, सुनसरी
पृथ्वी सुब्बा गुरुङ, लमजुङ
गोकर्ण बिष्ट, गुल्मी
योगेश भट्टराई, ताप्लेजुङ
शङ्कर पोखरेल, दाङ
मुकुन्द नेउपाने, बारा
सुरेन्द्र पाण्डे, चितवन
छवीलाल बिश्वकर्मा, रुपन्देही
सत्यनारायण मण्डल, सप्तरी
किरण गुरुङ, तनहुँ
अमृत बोहरा, सिन्धुपाल्चोक
केशव बडाल, काभ्रे
सोमनाथ अधिकारी प्यासी

माओवादी केन्द्रबाट
पुष्पकमल दाहाल प्रचण्ड ,चितवन
नारायणकाजी श्रेष्ठ, गोरखा
रामबहादुर थापा, चितवन
टोपबहादुर रायमाझी, अर्घाखाँची
अमिक शेरचन, चितवन
जनार्दन शर्मा, पश्चिम रुकुम
वर्षमान पुन, रोल्पा
देवप्रसाद गुरुङ, लमजुङ
पम्फा भुसाल, ललितपुर
गिरिराजमणि पोखरेल, महोत्तरी
मातृकाप्रसाद यादव, धनुषा
अग्नि सापकोटा, सिन्धुपाल्चोक
ओनसरी घर्ती, रोल्पा
लेखराज भट्ट, कैलाली
शक्ति बस्नेत, जाजरकोट
हरिबोल गजुरेल, सिन्धुली,
लिलामणी पोखरेल, काठमाडौ
राम कार्की, झापा

258 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank