ओली र प्रचण्डबीच वालुवाटारमा एक्लाएक्लै वार्ता

सोमवार, बैशाख ३, २०७५



काठमाडौँ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भइरहेको छ । एकताको विषयमा टिक्काटिप्पणी सुरु भइरहेको बेला दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

वाम एकता प्रक्रियाबारे अन्योल भइरहेका बेला ओली र प्रचण्डबीच एक्लाएक्लै वार्ता भएको हो । शीर्ष तहमा छलफल नभएको बेला भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएलगत्तै बस्ने भनेको पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेको छैन् । संयोजन समितिको बैठक बसेर निष्कर्षमा पुग्ने नेताहरूले बताएका छन् । नेताहरूको व्यवस्थापन र निर्वाचन चिह्नबारे सहमति जुट्न सकेको छैन ।

68 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank