प्रधानमन्त्री ओली र मोदीबीच एकान्तवार्ता, भारतमा प्रधानमन्त्रीका यस्ता कार्यक्रम

शुक्रबार, चैत्र २३, २०७४



काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एकान्त वार्ता हुने भएको छ । भारतीय समय अनुसार शुक्रबार साँझ ६ः३० बजे प्रधानमन्त्री निवासमा ओली र मोदीबीच भेटवार्ता तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ओली र मोदी नेतृत्वको प्रतिनिधमण्डलस्तरीय औपचारिक वार्ता भने शनिवार विहान ११ः३० बजे हैदरावाद हाउसमा हुनेछ ।

प्रधानमन्त्रीको कार्यक्रम

चैत २३ शुक्रवार
० विहान पौने ११ बजे दिल्ली अवतरण
० पौने १ बजे होटल ताज प्यालेसमा इन्डिया नेपाल विजनेस समिटमा सहभागी
० साँझ सवा ५ बजे नेपाली दुताबसामा नेपाली समुदायसँग अन्तरक्रिया
० साँझ ६ः३० मा प्रधानमन्त्री मोदीसँग उनको निवास ७ लोक कल्याण मार्गमा भेटवार्ता
० नेपाली दुताबासद्धारा होटल इम्पेरियलमा आयोजित रात्रीभोजमा सहभागी

चैत २४ गते शनिवार
० विहान ९ बजे राष्टपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सन
० साँढे ९ बजे राष्टपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट
० सवा १० बजे विदेशमन्त्री सुष्मा स्वराजद्धारा शिष्टाचार भेटवार्ता
० ११ बजे महात्मा गान्धीको समाधीस्थल राजघाटमा द्धिप प्रज्वलन
० साँढे ११ बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवाता
० सवा १२ बजे रिमोटद्धारा वीरगञ्जस्थित एकीकृत जाँचचौकी उद्घाटन र प्रेस ब्रिफिंग
० साँझ ६ बजे उपराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेट
० साढे ७ बजे गृहमन्त्री राजनाथ सिंहद्धारा शिष्टाचार भेट
० साँझ इन्डिया फाउण्डेशनको कार्यक्रममा सम्बोधन

चैत २५ गते आइतवार
० विहान उत्तराखण्डको ब्रिडर सिड प्रोडक्सन सेन्टर, एकीकृत कृषि परियोजनाको निरिक्षण, १ बजे गान्धी हलमा मानार्थ विद्यावारिधीको प्रमाणपत्रद्धारा सुशोभित हुने,
० दिल्ली हुँदै ६ बजे स्वदेश फिर्ता

207 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank