प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच रेस्टीक्टेड र औपचारिक वार्ता सम्पन्न

शनिबार, चैत्र २४, २०७४



नयाँ दिल्ली । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा औपचारिक वार्ता सम्पन्न भएको छ । मोदी र ओलीबीच पहिला रेस्टीक्टेड वार्ता र त्यसपछि औपचारिक प्रतिनिधिमण्डस्तरीय वार्ता भएको थियोे ।

रेस्टिक्टेड वार्तामा ओलीसँग परराष्टमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्यमन्त्री मात्रिका यादव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्टसचिव शंकरदास बैरागी, कार्यवाहक राजदूत भरतकुमार रेग्मी तथा नेपाली दुताबासका राजनीतिक काउन्सिलर हरि ओडारी सहभागी थिए ।

लगत्तै अर्को वार्तामा प्रधानमन्त्रीको कार्यतालिका अनुसार प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित १३ जना सहभागी थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank