राजनीतिक अधिकारप्राप्तिको आन्दोलन सकियो, अव विकास र समृद्धिमा लागौँः प्रधानमन्त्री ओली

आइतवार, बैशाख २, २०७५



काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले राजनीतिक अधिकार प्राप्तीको आन्दोलन टुङ्गो लागिसकेकाले अबको समय विकास र समृद्धिको भएको बताएका छन् । प्रधानमन्त्री ओलीले तीन वटै तहमा सरकार गठन भइसकेकाले जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘विकास गर्नैपर्छ, अगाडि बढ्नैपर्छ।’ उनले विकास र समृद्धिको यात्रा कर्णालीबाटै सुरु भएको घोषणा समेत गरे । उनले कर्णालीलाई समृद्धिको यात्रामा डो¥याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको समेत बताए ।

ओलीले विकासका दृष्टिले पछाडि परेको प्रदेशलाई विकासको मूल प्रवाहमा ल्याउन आफूले पहिलो प्रदेश भ्रमण कर्णालीबाट गरेको बताए । उनले कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएकाले उत्तरको छिमेकी चीनसँग विभिन्न ठाउँमा सीमा जोड्नुपर्ने आवश्यकता रहेको बताए ।

148 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank