अहिले कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?

सोमवार, कार्तिक १२, २०७५



काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनले नियमित भेटघाट रोकेका थिए ।

शुक्रबारदेखि प्रधानमन्त्री ओली निवासमै आराम गरिरहेका थिए ।  अन्नपूर्ण पोस्टमा समाचार  छ । प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबारको मन्त्रिपरिषद बैठक समेत स्थगित गरिएको थियो ।

शनिबार नेकपाले आयोजना गरेको चियापानमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए ।

148 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank