विमानस्थल पुग्ने प्रधानमन्त्रीको इच्छा पुरा भएन

बिहिबार, कार्तिक १५, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने भएपछि आजै विमानस्थलमा जान चाहेका थिए । राष्ट्रपति कतारबाट नेपाल फर्किने भएपछि स्वागत गर्ने उनको र्इच्छा थियो । तर त्यो र्इच्छा  पुरा गर्न चिकित्सकले दिएनन् । चार दिनदेखि शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज घर फर्किदैछन् ।

तर पुरा आराम जरुरत रहेका चिकित्सकको सल्लाह छ । ओलीको छातीको संक्रमण, ज्वरो र खोकी नियन्त्रणमा आएपछि आराम गर्ने सर्तमा घर पठाउन लागिएको हो ।

मलाई सन्चो भइसकेको छ ‘राष्ट्रपति कतारबाट फर्कंदा म आफै स्वागत गर्न जान चाहान्छु प्रधानमनत्रीले चिकित्सकलाई भनेका थिए । तर जवाफमा चिकित्सकको टोलीले अहिले नै त्यसरी हिड्दा तत्काल संक्रमण बल्झिने भन्दै रोकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने भ्रमण सकेर आज साँझ स्वदेश फर्किदैछिन्।

243 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank