सभामुख चयनका लागि ओली र प्रचण्डबीच छलफल शुरु

मङ्लबार, पुस १५, २०७६



काठमाडौं। सभामुख चयनमा विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु भए पनि सभामुख पद रिक्त हुँदा काम कारबाही अघि बढ्न सकिरहेको छैन ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयको एक महिला कर्मचारी माथि बलात्कार अभियोग लागेसँगै रिक्त रहेको सभामुख कसलाई बनाउने भन्ने विषयमा अन्यौलता कायम रहेको छ ।

नेकपामा पूर्व एमालेबाट सुवास चन्द नेम्वाङ र पूर्व माओवादीबाट अग्नि सापकोटालाई बनाउने विषयमा लबिङ सुरु भएको छ । प्रतिनिधि सभाको पुस ११ गते बोलाएको बैठक सभामुखमा नेकपा भित्र सहमति नभएकाले बुधवार सम्मका लागि स्थगित गरिएको थियो । सत्तारुढ दल नेकपा स्थायी कमिटीको बैठकले सभामुख कसलाई चयन गर्ने भन्ने बारेमा सचिवालयलाई दिइएको थियो ।

सोही सम्बन्धमा नाम टुङ्ग्याउन लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच अहिले बालुवाटारमा छलफल भइरहेको छ । सभामुखको टुङ्गो लागि सकेपछि उप सभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामा आउने नेकपाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments