हावाबाट बिजुली निकाल्ने घोषणा गर्दा उडाउनेलाई यसरी दिए ओलीले जवाफ

आइतवार, साउन २९, २०७४

loading...


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नयाँं सपनाका कुरा गर्दा धेरैले अनेक तरिकाले उडाएका थिए । पानी जाहजको रेलको र हावावाट बिज्ली निकाल्ने कुरा गर्दा कतिले बालुवाटार अगाडि कागजको रेल बनाएर उडाउने काम गरेका थिए । तर तिनै ओलीले शनिबार उद्घाटन गरे हावाबाट निकालिएको बिजुली ।

मुस्ताङको जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको औपचारिक प्रसारण आरम्भ गर्न ओली हेलिकोप्टरबाट गएका थिए । उनलाई हावाबाट बिजुली निकाल्ने कम्पनी बुद्ध पावर प्रालिले जोमसोम लगेको हो ।

हावाबाट उत्पादित बिजुलीको आरम्भ गर्दै अध्यक्ष ओलीले मुस्ताङ मात्रै नभएर नबलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली उत्पादन गर्न सकिने बताए । उनले आफूले पूरा नहुने सपना जनतालाई कहिल्यै नदेखाएको बताए ।

आफ्नो योजनालाई हावामा उडाउनेहरुलाई मुस्ताङमा हावाबाट बिजुली उत्पादन भएको हेर्न ओलीले आग्रह गरे । निर्माण कार्य शुरु भएको १६ महिना पछि सम्पन्न भएको प्रबन्ध निर्देशक पुष्पराज तिमल्सिनाले बताए ।

अहिले ३ किलोवाट उत्पादन गर्न सकिने क्षमताको सो आयोजनाबाट जोमसोममै हावाबाट ४० मेघावाटको बिजुली उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए । हावाबाट बिजुली निकाल्ने ओलीको सपना भएकाले ओलीकै हातबाट उद्घाटन गरिएको उनको भनाई थियो ।

यसअघि, पुर्वप्रधानमन्त्री ओलीले जोमसोमको कोरला सिमाना, सडकको अवस्था र सीमा क्षेत्रको अवलोकन गरेका थिए । उनले कोरोला नाका चाँडै सन्चालनमा आउने र यसबारेमा आफूले चीनिया पक्षसँग कुरा गरेको बताए ।

522 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank