ओलीको प्रश्न, बिग्रीएको कांग्रेसलाई कसरी आयो भोट ?

शुक्रबार, जेष्ठ ५, २०७४

loading...


काठमाडौं । स्थानिय तहको पुरा परिणाम नआउँदै नेकपा एमालेले केन्द्रीय स्तरबाट नै विजय उत्सव मनाउन सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको सहभागितामा काभ्रेका विजयउत्सव मनाइएको छ ।

नगर चुनावको इतिहासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेपछि विजय उत्सवमा मनाइएको छ । विजय सभालाई सम्वोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणको स्थानीय चुनावको परिणाम एमालेका लागि सन्तोषजनक मात्रै रहेको बताए । उनले कांग्रेस एमालेको हाराहारीमा आएकोमा आश्चर्य पनि व्यक्ति गरे ।

उनले एमालेका लागि अगाडी आउन अझै कार्यकर्ताले ठूलो मेहनत गर्नुपर्ने देखाएको बताए । सभालाई सम्बोधन ओलीले भने, ‘बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो हामीले अझै जनतालाई बुझाउन सकेका रहेनछौं ।’

उनले कुनै सिद्धान्त र बिचारबाट च्यूत भइसकेको कांग्रेसको बारेमा जनतालाई प्रष्ट पार्न बाँकी नै रहेको पनि बताए । नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागी हुन एमाले अध्यक्ष केपी ओली बनेपा पुगेका हुन् ।

2313 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv