ओली भषण गर्दा गर्दै आफ्नो आयुको तुलना गरेपछि ….

बिहिबार, बैशाख २८, २०७४



चितवन ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी आमसभामा निकै भावुक भाषण गरेपछि स्थानीय नेता तथा कार्यकर्ताहरु एकछिन भावुक बनेका थिए ।

काठमाडौंमा बिहीबार भएको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एक्कासी आफू दुई चारवर्ष बाँचे अहिले विरोध गर्नेलाई रेल चढाइदिन्छु भनेर सम्बोधन गरे । ओलीले यस्तो सम्बोधन गरिरहँदा उपस्थित् मासमा एकछिन स्तब्धता छाएको थियो । ओली निकै भावुक मुद्रामा पेश भएका थिए ।

‘अरुले त्यसलाई पहिला उडाएर पछि त्यसैको नक्कल गरेका हुन्, के–के कुरा गर्छ एमालेले भनेर उडाउँछन्, दुई चार वर्ष बाँचे हामी ति’नीहरुलाई रेल चढाएर काठमाडौंबाट पोखरा पठाउँछौं ।’ ओलीले भने

 प्रचण्डजीले प्रधानमन्त्री भएपछि संसदमा मतिर हेरेर सोध्नु भो, रेल त ल्याउने पैसा कहाँबाट ल्याउने ? मैले त्यहाँ त उठेर जवाफ दिन मिल्दैनथ्यो । केही दिनपछि मैले भेटमा भनेँ, विकासका लागि बजेट कति चाहिन्छ मलाई भन्नुस् म ल्याइदिन्छु । दुनियाँमा पैसा छ, लगानी गर्न चाहन्छन, हामीले वातावरण बनाइदिनु पर्छ । राजमार्गलाई फराकिलो पार्ने काम हामीले सुरु गर्यौं ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank