अरुले पालेका, खोलेका पार्टी नामका अपराधीले सप्तरीमा घटना घटाए : ओली

ओलीले देखाए सपना : एमालेले देशभर छुकछुके रेल दौडाउने

शनिबार, फाल्गुन २८, २०७३



नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीले एमालेले नयाँ पुस्तालाई स्वाधिन सम्पन्न देश जिम्मा लगाउन चाहेको बताएका छन् । उनले पराधिन, विकास नभएको, अरुको भरमा बाच्नुपर्ने देश छाडेर एमाले नजाने दावी गरे । मेची महाकाली अभियान अन्र्तगत चितवनको नारायणी नदी तिरमा भएको सभालाई सम्वोधन गर्दै उनले भारत र मधेसीमोर्चाका क्रियाकलापको कडा विराध जनाए । ऋषिमुनीका सन्तती भएकाले समृद्धता एमालेको मूल एजेण्डा भएको बताए ।

अध्यक्ष ओलीले कसैले पालेका, कसैको आदेशमा बनाएका र चलेका, खोलीएका पार्टी नाममा अपराधीहरुले एमालेको सप्तरीमा घटना घटाएको आरोप लगाए । मधेसी मोर्चाको नाम नलिइ उनले भने, त्यस्ता अपराधिक समुहहरुले एमालेलाई छेक्ने रोक्ने आट कसरी गरेको ? उनले कञ्चनपुर घटनाका विषयमा भारतले स्वतन्त्रतामा हस्तक्षेप गरेको र सरकार रमिते बनेको आरोप लगाए ।uml-avhiyan

भारतीय सिपाही नेपाली भूमीमा आएर मान्छे मार्छ विचरा सरकार पुलुक्कक हेर्छ बोल्न सक्दैन ओलीले भने ठूलो छु बलियो छु भनेर भारतले घमण्ड नदेखाए हुन्छ । उनले अब शक्तिका भारमा घमण्ड देखाउने जमान गएको बताए । ।

उनले रेल चढ्न अब रक्सौल जान नपर्ने र एमालेले देशभरी नै रेल कुदाउने बताए । पूर्व-पश्चिम छुकछुके रेल भने जुन गीत छ त्यस्तै रेल अब एमालेले बनाउछ ओलीले भने, पाहाड मधेस सबैतिर रेल कुद्छ रेल चढ्न रक्सौल जानु पर्दैन ।uml avhyan

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank