पुर्खाको योगदानलाई सम्मान गर्नुपर्छ : प्रधानमन्त्री ओली

शनिबार, फाल्गुन १०, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र वीरपुर्खाको वीरताको सम्मान गर्नुपर्ने बताएका छन् ।

चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका प्रधानमन्त्री ओलीले पुर्खाको योगदानको कदर गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले पुर्खाहरूका कामलाई प्रेरणाका रूपमा लिई देश र राष्ट्रिय एकताप्रति इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्नेसमेत बताए ।

दहचोक पुगेर ओलीले एकीकृत नेपालको पहिलो सेनापति काजी कालु पाँडेप्रति श्रद्धा व्यक्त गरे । उनले पाण्डेको समाधिस्थल रहेको पूर्णकदको शालिकमा माल्यार्पणसमेत गरे ।

सार्वजनिक कार्यक्रममा सधैं सञ्चारमाध्यमको आलोचना गर्ने प्रधानमन्त्री ओलीले शुक्रबार दहचोकमा भने यस विषयमा मौन रहे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments