मधेसवादी दलले संविधान स्विकार गरिसके- प्रधानमन्त्री ओली

शनिबार, फाल्गुन ३, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको स्वीकार्यतामा अब समस्या नरहेको बताएका छन् । सरकार गठनको दुई वर्ष पूरा भएको उपलक्ष्यमा शनिबार बिहान प्रतिनिधिभालाई सम्बोधन गर्दै उनले संविधानको स्वीकार्यता बढेको बताए ।

संविधान जारी गर्दा असहमति राखेका मधेस केन्द्रित दलतर्फ लक्षित गर्दै उनले संविधानलाई उनीहरुले पनि स्विकारिसकेको बताए ।

यस्तै सम्बोधनको क्रममा उनले एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा गर्नुलाई पनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने बताएका छन् ।

सम्वोधनको शुरुमै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गरेको सात ७३१ दिन अर्थात दुई वर्ष पूरा भएको छ । लामो समयसम्म ६/७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने अवस्था आउँदोरहेछ ।’

प्रधानमन्त्री ओलीले संसदमा बोल्दै आफ्नो सरकारमाथि उठेका सार्वजिनक प्रश्नहरुको प्रतिवाद गरिरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments