समितिको बैठकमा प्रधानमन्त्री सहभागी भएनन्, मन्त्री अर्यालले राखिन् धारणा

सोमवार, कार्तिक २५, २०७६



काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको बारेमा प्रधानमन्त्रीसँग छलफल गर्न चाहेको थियो ।

उक्त नक्सामा नेपालको कालापानी, लिपियाधुरा र लिपुलेक भारततिर पार्दै जारि गरिएको विषयमा समितिले प्रधानमन्त्रीसँग छलफल गर्न चाहेको थियो । समितिले उक्त विषयमा छलफल गर्न आज(सोमबार) बोलाएपनि प्रधानमन्त्री केपी शर्मा ओली समितिको छलफलमा सहभागी भएनन्।

प्रधानमन्त्री सहभागी नभएको समितिको छलफलमा  सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले धारणा राखेकी थिइन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata