प्रधानमन्त्री डायलाइसिसका लागि अस्पताल जाने

आइतवार, कार्तिक १७, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज(आइतबार) डायलाइसिस गरिने भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार डायलाइसिस गर्नका लागि करिब ४ घण्टाको समय लाग्नेछ ।

आज मन्त्रिपरिषद् बैठक, नेकपाको सचिवालय बैठक र प्रधानमन्त्रीको डायलाइसिस पनि गर्नुपर्ने भएकोले समय निर्धारणको प्रयास भइरहेको अर्यालले जनाएका छन् ।

प्रधानमन्त्री ओलीलाई गएको बुधबार अस्पतालमा भर्ना गरिएकोमा बिहीबार राति डिस्चार्ज गरिएको थियो । उनको अस्पतालमा हुँदा दुवै दिन डायलाइसिस गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata