मिसन पत्रकारितालाई मुख फर्काउदै प्रधानमन्त्री

बिहिबार, असार २६, २०७६



काठमाडौं । विगत केहि समयदेखि मिडियाबाट टाढा रहेका प्रधानमन्त्री थुप्रै शब्दहरु लिएर मिडियासामू फर्किएको संकेत दिएका छन् ।गत बुधबार त्रिभुवन विश्व विद्यालयमाथि  विछ्याइएको थिको ६० औं वार्षिकाेत्सव कार्यक्रममा सहभागी हुने क्रममा  हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिडेको तस्विर  ‘हट केक’ बने सँगै मिडियालाई मिसन पत्रकारिता देख्न पुगेका छन् ।

सामाजिक सञ्जाल  र मिडियाले प्रधानमन्त्रीको शैलीलाई आलोचना गरेसँगै  मिडियाप्रति मुख फर्काउँदै प्रधानमन्त्रीले भनेका छन् , “मिसन पत्रकारिता ।”

kp-oli-1_qVuyy0u9VN

गत बिहीबार राजधानीमा दिनभर पानी परिरहेको थियो । त्रिविविले आयोजना गरेको कार्यक्रममा कुलपतिको हैसियतले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य थियो । त्रिविविका कर्मचारीले कुलपतिको मर्यादालाई ध्यानमा राख्दै हिलोमाथि रातो कार्पेट  विछ्याउदै  विगतको परम्परा निभाए ।हिलोमा कार्पेट विछ्याउनेहरुतर्फ  कुनै शब्द खर्च नगरेका कुलपतिले मिडियाले उक्त समाचार सम्प्रेषण गरेसँगै मिसन पत्रकारिताको उपाधी थमाईदिएका छन्ले ।

उनी भन्छन्, ‘हिजो पानी परेछ । कार्पेट भिज्यो, सबै ठूला समाचार त्यही बन्यो । यो मिसनअन्तरगत भइरहेको कुरा हो ।’ वर्तमान समयमा सरकारविरुद्ध भ्रम फिजाउने काम भइरहेको छ। मिसनबाजहरु भ्रममा रमाइरहेका छन् । किनारामा बसेर हेर्नेहरू हेरिरहेका छन् । तर सरकार अगाडि बढिरहेको छ’ भन्दै उनले मिडियाप्रति असन्तुष्टि जनाए ।

प्रधानमन्त्रीले व्यंग्यात्मक शैलीमा भने, ‘मेरो कमजोरी नै हो ! एक वर्ष प्रधानमन्त्री भएर पनि देशभरिका बाटाहरू कालपत्र गर्न  भ्याइनँछु ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank