नयाँ पार्टी गठनसँगै पुरानो युग समाप्त भएको ओलीको घोषणा

बिहिबार, जेष्ठ ३, २०७५



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पार्टी बनेसँगै देश नयाँ बाटोमा गएको बताएका छन् । अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्र एक अर्कामा विलिन नभएको तर घोलिएको बताएका छन् । राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै ओलीले कोसीको पानी अब हिन्द महासागरमा मिसिएको बताए ।

उनले भने,‘हामी एक अर्कामा मिसिएका होइनौं, घोलिएका हौं, हिन्द महासागरमा गएर कोसीको पानी खोज्न थालियो भने कहाँ पाइन्छ ’ उनले अब नेपालमा दुई तिहाइ कम्युनिष्टका लागि सामान्य जोडघटाउको विषय भएको दावी गरे ।‘दुई तिहाइ नेपालमा कम्युनिष्टका लागि अब सामान्य जोडघटाउको कुरा नहुने पनि ओलीले बताए ।

आउँदो चुनाव कम्तिमा हामीले तीन चौथाई मत ल्याउउने ओलीले दावी गरे । उनले भने,‘ यस्तो भन्दा केहि मान्छेलाई ठट्टाजस्तो लाग्दो हो, ६ महिनाअघि क–कसलाई के के कुरा ठट्टा लाग्थ्यो हेक्का गर्नुस् त ।’ उनले पार्टी सञ्चालन सयुक्त रुपमा गर्ने र ठूलो जाहाजका दुई पाइलनले अगाडी बढाउने बताए । उनले टेप्पो हाक्नेका रुपमा नहेर्न पनि आग्रह गरे । उनले आफूहरु टेम्पो हाँक्न नभएर जेट विमान चलाउनको लागि एकीकृत पार्टीमा दुई जना अध्यक्ष बसेको सुनाएका हुन् ।

नेपाली कांग्रेस पनि अब प्रतिपक्ष नरहेकाले सहकार्य गरेर जाने बताए ।  ओलीले नेपाली कांग्रेसलाई हारबाट नआत्तिन आग्रह गरे। पार्टी एकता घोषणा सभामा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेस वैधानिक रूपमा प्रमुख प्रतीपक्षी भए पनि आफूले कांग्रेसलाई प्रतीपक्षी नमान्ने बताए।

‘कांग्रेस इतिहास बोकेका पार्टी हो तर एउटा हारबाट आत्तिएको छ, कहिले कता टाउको ठोकेको छ, कहिले उता टाउको ठोकेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘२०१५ मा कांग्रेसले दुई तिहाइ जितेको थियो हामीले ४ सिटमात्र पाएका थियौं। तर हामी त दृढताका साथ बस्यौं।’ उनले हारबाट आत्तिएर कांग्रेसले जनताले नै झिजो मान्ने काम गरिरहेको बताए।

ओलीले पटक-पटक उखान टुक्का जाडेर नेता कार्यकर्तालाई हँसाएका थिए । मञ्चमा रहेका प्रचण्ड, माधवकुमार नेपाललगायतका नेतापनि खुलेर हाँसेका थिए ।

257 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank