भारतले जमिनमा मात्रै हैन आकासमा समेत कञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली

आइतवार, बैशाख १६, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रदेश सभाको बैठकलाई सम्बोधन गरेका छन् । आइतबार प्रदेश ५ को सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् ।

प्रदेश ५ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै ओलीले प्रदेश नम्बर ५ को आजको आकस्मिक प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रम ओलीले देशलाई तीव्रगतिको विकास चाहिएको बताए । उनले चाहेको खण्डमा त्यस्तो विकास गर्न सकिने पनि बताए ।
उनले लुम्बिनीमा छोटो अवधिमा तीन हजार मानिस अट्नसकिने सभाहल बनाएको भन्दै चाहेको खण्डमा विकास गर्न सकिने बताए । उनले आगामी दिनमा देशको अवस्थामा सुधार आउने दाबी गर्दै खान नपाएर कोही नमर्ने अबस्थाको सृजना गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने पनि बताएका छन् । भारतले अहिलेसम्म जमिनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको उनको भनाइ थियो । ‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ,’ उनले भने, ‘वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ । तर अब भारतले हामीलाई थप रुट दिनुपर्छ ।’ आफ्नो भारत भ्रमणमा यो कुरा उठाएको उनले दाबी समेत गरे ।

उनले सुशासनको मामिलामा सरकार कठोर हुने चेतावनी समेत दिए । ‘कहिलेकाहीँ लाग्न सक्छ, सरकार निर्मम भयो भनेर । निर्मम हुने हो जनताको सेवाका लागि,’ ओलीले भने, ‘सेटिङ मिलाउने, अनेक प्रकारका व्यबधान खडा गर्ने, घुस र कमसिनबाट राज्यलाई घाटा पार्नेसँग सम्झौता हुँदैन ।’ उनले सबै प्रकारका सिण्डिकेट तोडिने र अनुचित कुरासँग सम्झौता नगर्ने बताए ।

276 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank