प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा

शुक्रबार, चैत्र ३०, २०७४



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश चीनको विदेश भ्रमणका लागि तयारी थालिएको छन् । केही समय अघि दक्षिणी छिमेकी देश भारतको भ्रमण सकेर आएका ओली चीन भ्रमणमा जाने योजना थालेका छन् ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलाई तीव्र पारेको अधिकारीहरुले जनाएका छन् ।  बैशाख भित्रै ओलीको चीन भ्रमण हुने परराष्ट्रमन्त्रालयले जनाएको छ । त्यस अघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली वेइजिङ जाने तयारीमा रहेका एमालेका एक नेताले नेपालपाटीलाई जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली चीन जाने निश्चित हो, समय कार्यतालिका सार्वजनिक गर्न बााकी रहेको बताए ।

प्रधानमन्त्री ओली समेत चीनसँग भएका सम्झौता–सहमतिहरु यसपटक कार्यान्वयन गर्ने योजनाका साथ चीन भ्रमणमा जाने योजना रहेको बताए । साथै ओलीको विदेश भ्रमणले दुई देशवीचको आपसी हित र पारस्पारिक हुनुका साथै पहिले भएका सन्धि सम्झौताहरु कार्यान्वयन हुने जनाएको छ ।

138 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank