तामाकोसीको काम निर्धारित समयमै पूरा गर्न प्रधानमन्त्री ओलीको निर्देशन

बुधबार, चैत्र २८, २०७४



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थलगत अनुगमन गरेका छन् । बुधबार स्थलगत निरीक्षणमा  क्रममा प्रधानमन्त्रि अाेलीले अायाेजनाकाे काम निर्धारित समयमा पूरा गर्न निर्देशन दिएका छन् ।

यस आयोजना २०७५ सालको पुस महिनामा पूरा हुने लक्ष्य राखिएकाले काम समयै सक्न निर्देशन  दिएका हुन् । प्रधानमन्त्री ओलीले सरोकारवालाहरुलाई निर्देशन दिँदै आयोजना समयमा नबन्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ठूलो नोक्सानी ब्यहोर्नु पर्छ, त्यसैले समयमै काम सक्नु पर्ने बताए । उनले दोलखाको चरिकोटदेखि लामोसाँघुसम्म ब्रिग्रेको सडकका कारण आयोजना निर्माणमा ढिलो भएको भए त्यो सडक तत्काल मर्मत गर्न समेत पहल गर्ने बताएका छन् । उनले २०७६ बैसाख भित्र सबै यूनिटको काम सक्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले परामर्शदाता र निर्माण कम्पनीलाई भुक्तानी दिन आवश्यक पर्ने विदेशी मुद्राको सटही सहज बनाइदिने पनि बताएका छन् । ‘निर्माण कम्पनी र परामर्शदाता समयमै पैसा भुक्तान गर्नुुपर्छ, त्यसको लागि विदेशी मुद्रा सटहीको लागि म पहल गर्दिन्छु’ उनले भने । प्रधानमन्त्रीसँगै स्थलगत निरीक्षणमा ऊर्जामन्त्री वर्षमान पून विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लगायतको टोलीले समेत आवस्यक निर्देशन दिएका छन् ।

बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङले भने यो आयोजना सञ्चालनमा आएसँगै बिजुली आयातका लागि भारत जाने १८ अर्ब रकम देशमै रहने बताएका छन् ।  आयोजना प्रमुख विज्ञान श्रेष्ठले अहिलेसम्म आयोजना निर्माणका लागि ३७ अर्ब २९ करोड खर्च भइसकेको जानकारी गराए । माथिल्लो तामाकोसी जलबिधुत आयोजनाको क्षमता ४ सय ५६ मेगावाटको रहेको छ ।

163 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank