प्रधानमन्त्री ओलीको भारत भ्रमण नयाँ सन्धी सम्झौता नगर्ने

सोमवार, चैत्र १९, २०७४



काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि हुने भारत भ्रमण सम्बन्ध सुधारमा मात्र केन्द्रित रहने भएको छ । तीन दिने राजकीय भ्रमणमा नयाँ सन्धि सम्झौता नहुने सरकारले स्पष्ट पारेको छ ।

प्रधानमन्त्रीको भ्रमण नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ र समधुर बनाउन केन्द्रित रहने बताइएको छ । यस्तै पूराना सन्धी सम्झौताहरुलाई प्राथमिकतामा राखिएको परराष्ट्रमन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको आर्थिक विकासलाई भ्रमणको मुख्य कार्यसूची बनाइएको हो । नेपाल र भारतबीच विगतमा भएका सहमतिको कार्यान्वयनलाई पनि उत्तिकै महत्वका साथ भारतीय पक्षसँग उठाइने तथा आपसी सद्भाव वृद्धिलाई उच्च प्राथमिकता दिइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट स्वदेश फर्किए लगतै चीनमा हुने बोआओ एसिया सम्मेलनलाई सम्बोधन गर्न सक्ने बताइएको छ । उनको चीन जाने सम्भावनामा परराष्ट्रमन्त्रालयले काम गरिरहेका जनाइएको छ ।

176 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank