प्रधानमन्त्री ओलीको घरमा १५ दिने वारेन्टसहितको सूचना

बुधबार, चैत्र १४, २०७४



 झापा । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीको दमकस्थित घरमा १५ दिने वारेन्टसहितको सूचना फेला परेको छ । घरअगाडि गेटमा प्रहरी तैनाथ रहँदा पनि एउटा समूहले घरदेखि पछाडिपट्टीको भित्तामा पर्चा टाँसेर भाग्न सफल भएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वारेन्ट जारी गरेको बुझिएको छ । विप्लव माओवादीको मातहतको ‘केन्द्रिय जनअदालत’ रोल्पामा रहेको र सूचना टाँस भएको १५ दिनभित्र सोही अदालतमा उपस्थित भइ स्पष्टिकरण दिन ओलीका नाममा सूचना जारी गरिएको उक्त पर्चामा उल्लेख गरिएको छ ।

६ फागुनमा विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयम् सेवकको कार्यक्रममा सहभागी हुन विराटनगर जाँदै गर्दा नेकपाका नेताहरू हेमन्तप्रकाश ओली ‘सुदर्शन’ एवम् पदम राईलगायतका थुप्रै युवालाई गिरफ्तार गरी झुट्टा मुद्दा लगाएको र ५ चैतमा नेकपा कोशी व्युरो इञ्चार्ज किरण राईलगायत नेतालाई गिरफ्तार गरी धनकुटामा थुनामा राखेको उक्त पर्चामा अभियोग लगाइएको छ । सोही विषयमा स्पष्टिकरण दिन प्रधानमन्त्री ओलीका नाममा पत्र काटिएको नेकपा स्रोत बताउँछ ।

‘मोहनप्रसाद ओलीको छोरा झापा स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक–२ बालकोट बस्ने तपाईं खड्गप्रसाद ओलीका विरुद्धमा केन्द्रीय जनअदालत रोल्पामा मुद्दाहरू परेको हुँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र तपाईंसँग केही बुझ्नुपर्ने भएकोले सूचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको १५ दिनभित्र जनअदालत रोल्पामा उपस्थित हुन सूचित गरिन्छ,’ ओलीलाई लेखिएको पत्रमा उल्लेख छ ।

94 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank