काँग्रेसलाई समेत पछारेर दोश्रो शक्ती बन्न राप्रपालाई ओलीको शुभकामना, सचेत बन्न देउवाको सुझाव

शुक्रबार, फाल्गुन ६, २०७३

loading...


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता विरोधी शक्तीहरुलाई हराएर आगामी निर्वाचनमा एमालेपछीको दोश्रो शक्ती बन्न शुभकामना दिएका छन् ।

राप्रपाको एकताको महाधिवेशनलाई शुभकामना दिदै ओलीले काँग्रेस, माओवादी केन्द्र लगायतका दलहरुलाई समेत हराएर एमालेपछीको शक्ती बन्ने गरी लाग्न सुझाव दिए । उनले वर्तमान सरकारले निर्वाचन नगराउने खेल खेलिरहेको आरोप लगाउँदै त्यसका विरुद्ध एक हुन आग्रह गरे । तत्काल निर्वाचनको मिति सार्वजनिक नगरे अर्को बाटो अबलम्बन गर्नुपर्ने उनको भनाई थियो ।

महाधिवेशनमा काँग्रेस सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा राप्रपा नेपालले ओलीकै गृह जिल्ला झापामै बढी भोट ल्याएकोले त्यसतर्फ सचेत बन्न आग्रह गरे । देउवाले सुरुमै ओलीलाई सुनाउनुपर्ने धेरै कुरा भएपनि उनी हिडिसकेकोले धेरै नभन्ने बताए । उनले सबैलाई सहमतिमा ल्याएर निर्वाचन गराउनुपर्ने बताए ।

3644 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv