११ दिन देखि अनशनमा बसेका कोसी पीडितको माग अझै सम्बोधन भएन

मङ्लबार, भदौ १०, २०७६



काठमाडौं । तीन बुँदे माग गर्दै ११ दिन देखि रिले अनशनमा बसेका कोशी पीडितको माग अझै पूरा हुन सकिरहेको छैन । नेपाल -भारतबीच कोशी सम्झौताका क्रममा भएको क्षतीपूर्ती नपाएको भन्दै रिले अनशन थालिएको संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीले बताए ।

कोशी ब्यारेज निर्माण भएका बेला सन् १९५४ मा भारत र नेपाल सरकारका प्रतिनिधिबीच सम्झौता भएको थियो । कोशी पीडितले आफूहरुको ५३ हजार बिघाभन्दा बढी जग्गा क्षति भएकामा सात हजार बिघा जग्गाको ‘भेरिफिकेशन’ गरेर त्यसवापतको क्षतिपूर्ति रकम दिन भारतीय अधिकारीले नेपाल सरकारलाई रु ८० करोड उपलब्ध गराएको भए पनि अहिलेसम्म त्यो रकम नपाएको गुनासो गरेका छन ।

पीडितले जग्गामा भएको बाली क्षतिको मुआब्जा पाउनुपर्ने, जग्गाको सुरक्षा हुनुपर्ने र कोशी निर्माणका बेला भारत र नेपाल सरकारबीच भएको सम्झौता रकम पाउनुपर्नेलगायतका माग राख्दै आफूहरु आन्दोलनमा उत्रेको संघर्ष समितिका अध्यक्ष चौधरीले जनाएका छन ।

साउन ३२ गतेदेखि नै अनशनमा बसेका उनीहरुले आफूहरुको माग सम्बोधन नभए भारतीय सरकारले निर्माण गरिरहेको पाइलट च्यानलको कामसमेत रोक्ने चेतावनी दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata