६५ बर्षपछि देखिएको नयाँ दृश्य

दुई कोरियाबीच

शुक्रबार, बैशाख १४, २०७५



कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति चन्द्र जे–इन सीमा पार गरेर दक्षिण कोरिया पुग्दाको क्षणलाई ऐतिहाँसिक मानिएको छ । सीमा रेखा क्रम गर्दै गर्दा दक्षिण कोरियाली राष्ट्रपतिले अब युद्ध समाप्त भएको बताए । ‘उनले स्वागत गर्दै हातमा हात मिलाएर भने ‘कमरेड किम अब युद्ध सकियो शान्तिको समय सुरु भयो । ’

kore2

 

 

 

 

 

 

 

 

 

 

उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनलाई भेट्न दक्षिण कोरिया पुग्दा निकै खुसी देखिन्थ्ये । ६५ बर्षपछि दक्षिण कोरियाको भूमिमा पाइला हाल्दै गर्दा किमको हात जे–इनले समातेका थिए । सन् १९५३ को युद्धले कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएपछि उत्तर कोरियाली नेताले दक्षिणको असैन्य क्षेत्रमा पाइला टेकेको यो पहिलो अवसर हो । यो भेटमा दुबै नेता हर्षित मुद्रामा देखिएका थिए । राष्ट्रपति मुनले उत्तर कोरियाली नेतालाई स्वागत गरे । लगत्तै उनले हात समातेर मुनलाई उत्तर कोरियाली भूमिमा लगे ।
पहिलो चरणको वार्ता सम्पन्न

उत्तर र दक्षिण कोरियाली नेताहरूले दुई देशबीचको ऐतिहासिक शिखर बैठक अन्तर्गत पहिलो चरणको वार्ता सम्पन्न गरेका छन् । दुई देशको गैरसैनिक क्षेत्रमा दक्षिण कोरियाली राष्ट्रपति मून जे–इन र उत्तर कोरियाली नेता किम उनबीच वार्ता भएको हो। दिउँसोको खाना खाएपछि दुई नेताहरु फेरि भेटवार्ता गर्नेछन् ।

kore3

 

 

 

 

 

 

 

 

 

 

शिखर बैठकअघि त्यसबाट व्यापक अपेक्षाहरू गरिएका थिए र बैठकको शुरूमा बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मूनले एउटा दह्रो सहमतिको अपेक्षा गरेको बताए । पनमुनजोम जहाँ विवादको रेखा सुरु भएको थियो त्यही वार्ता भइरहेको छ । वार्ता पछि साढे ६ बजे सम्झौताको घोषणा गरिनेछ ।

98 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank